श्रीमानको हत्यारालाई कानून बमोजिम सजाय नभएपछि यी महिलाले हत्यारासँग विवाह गरेर लिईन् बदला

लोकपथ
1.8k
Shares

काठमाडौं । एक महिलाले आफ्नो श्रीमानको हत्यारासँग बदला लिन उसैसँग विवाह गरि उनकै हत्या गरेकी छिन् । यो घटना पाकिस्तानको कबायली इलाकामा बाजौर जिल्लाको हो ।

गुलिस्तान नामका एक पुरुषले आफ्नो श्रीमान शाह जमिनको हत्या गरेको थाहा पाएपछि ती महिलाले गुलिस्तानको हत्या गर्ने योजना बनाइन् । गुलिस्तानको हत्या गर्न उनी गुलिस्तानसँग नजिक भइन् र विवाह गरिन् । योजना बनाएको एकवर्षपछि उनले गोली हानी गुलिस्तानको हत्या गरेकी हुन् ।

Pakistan Woman Revenge

गुलिस्तानले किन गरे शाह जमिनको हत्या ? यस्तो छ घटनाको नालीबेली :

शाह जमिन अफगानिस्तानको कुनार प्रान्तका अफगान शरणार्थी थिए । शाह जमिन अफगानिस्तानमा पेशावरमा काम गर्थे र उनीहरुको जीवन निकै हाँसीखुसी चलिरहेको थियो । उनीहरुको परिवारमा एक छोरी थिइन् ।

जमिनको गुलिस्तान नामका एक व्यक्तिसँग मित्रता थियो । पेशावरमा कमाएका सबै पैसा गुलिस्तानलाई पठाउथे । जतिबेला आवश्यक पर्छ त्यतिबेला लिने गरेका थिए । गुलिस्तानसँग उनको गहिरो मित्रता थियो ।

जमिन केही समयपछि घर आए र गुलिस्तानसँग आफ्नो स्वास्थ्य ठिक नभएका कारण आफ्नो पैसा फिर्ता चाहिएको बताए । तर गुलिस्तानले पैसा फिर्ता दिएनन् र अहिले पैसा छैन भनेपछि उनीहरुबचि मनमुटाप शुरु भएको थियो । गुलिस्तानले पैसा दिनुको सट्टा तिमी बिरामी छौ भने म तिम्रो लागि बजारबाट औषधि ल्याउँछु भनि गुलिस्तानले २ वटा इन्जेक्सन र केही गोलीहरु ल्याएका थिए ।

एउटा इन्जेक्सन गुलिस्तानले नदीको किनारमा जमिनलाई लगाइदिए । अर्को इन्जेक्सन पछि घरमा लगाउनु र औषधि खानु ठिक हुन्छ भनेका थिए ।

इन्जेक्सनले नै शाह जमिन बेहोस भएर ढलेका थिए । । त्यहाँ भएका मानिसले शाह जमिनलाई अस्पताल लिएर गएका थिए तर उनको मृत्यु भइसकेको थियो ।

गुलिस्तानले लगाइदिएका इन्जेक्सनका कारण शाह जमिनको मृत्यु भएको थाहा पाएपछि ती महिलाले पतिको मृत्युको बदला पनि लिने योजना बनाइन् ।

यसरी गरेकी थिइन् हत्या :

अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीका अनुसार आफ्नो श्रीमानको हत्या गुलिस्तानले विषको सुई दिएर गरेको भन्ने महिलाले आफै पत्ता लगाएकी हुन् ।

प्रहरीकोमा उनका पतिको मृत्यु वा हत्याको कुनै पनि केस दर्ता छैन ।

महिलाले बदला लिन गुलिस्तानसँग नजिक भइन् । शुरुमा ५–६ महिनासम्म उनी पतिको बदला लिने कोसिस गरिरहिन् तर सफल भइनन् । त्यसपछि उनले गुलिस्तानसँग बिहे गर्ने निर्णय गरिन् । गुलिस्तान पहिल्यै विवाहित थिए तर महिलाका अनुसार उनले गुलिस्तानलाई लोभ्याएर विवाह गर्न राजी गराएकी थिइन् ।

Pakistan Woman Revenge

अघिल्लो वर्ष ठूलो ईदभन्दा पहिले उनीहरुले बिहे गरेका थिए । ६ महिनासम्म उनीहरु कहिले कसको घर कहिले गुलिस्तानकी बहिनीको घरमा बसे । त्यसपछि उनीहरुले इनायत कलीमा ३ हजार रुपैयाँ प्रति महिनाको हिसाबले एउटा घर भाडामा लिए । त्यसपछि महिलाले आफू घरमा एक्लै बस्ने र घरमा चोर आउन सक्ने भएकोले सुरक्षाको लागि एउटा पेस्ताल चाहिने बताइन् । गुलिस्तानले साढे १३ हजार रुपैयाँमा एउटा पेस्तोल किनेर ल्याए ।

Pakistan Woman Revenge

घटना भएको रात प्रहरीसँग (महिलाको बयानमा आधारित)

रातको करिब १ बजे पेस्तोलमा गोली लोड गरेर उनी गुलिस्तानको कोठामा गइन् । गुलिस्तान सुतिरहेका थिए । उनले गोली चलाइन् तर गोली फायर भएन । त्यसपछि फेरि उनी अर्को कोठामा गएर पेस्तोल चेक गरिन् । त्यसपछि फेरि गुलिस्तानको कोठामा आइन् र गुलिस्तानको टाउकोमा र शरीरमा दायातर्फ गोली चलाईन् ।

त्यती बेलासम्म २ बजेको थियो । उनी बिहान नहुनेबेलासम्म शवसँगै बसिरहिन् र बिहाान हुने बित्तीकै आफ्नो श्रीमानलाई कसैले गोली हान्यो भन्दै हल्ला गरिन् । पहिले उनले प्रहरीलाई आफूले हत्या गरेको बताएकी थिइनन् तर केहीसमयपछि उनले घटनाबारे सबै विवरण प्रहरीलाई बताइन् ।

उनले प्रहरीलाई सन्दुकमा लुकाएकी गोली पनि देखाइन् र आफूले हत्या गरेको स्वीकारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?