काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छिन् ।
शनिवार मन्त्रिपरिषद् बैठकले गरेको निर्णय र सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश २०७८ खारेज गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले सो बारे जानकारी गराएका हुन् ।
“नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नुभएको छ । जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया