रामनारायण यादव / जनकपुरधाम । नेपालमा रेल्वको ट्रयाक टेष्ट आइतवार बिहान गरिएको छ । धनुषाको इनर्वा हल्टबाट छुटेको रेल्वेले ट्रयाकमा आएको पशुचौपायालाई किच्दैँ पार भएको छ ।
आइतवार बिहान ११ : १५ बजे समयमा जनकपुर रेल्वे खजुरी महुवास्थित ट्रयाकमा रहेको एक खसी र एक बाख्रालाई काटदै पार भएको स्थानीयहरुले जनाएको छ । ११ः४८ बजे कुर्था स्टेशन पुगेको हो । कुल ३३ मिनेटमा १२० किलोमिटर प्रति घण्टाको स्पीडले कुर्था पुगेको जनाईएको छ ।
रेल्वेका महाप्रबन्धक गुरु भट्टराईले आफ्नो फेसबुक र सूचना जारि गरि साउन ३ गते रेल्वे ट्रयाकको परीक्षण हुने भन्दै ट्रयाकमा गाई, भैँसी, बाख्रा र बालबालिकाहरुलाई नछाडन आग्रह गरेका थिए ।
आइतवार गरिएको ट्रयाकको स्पीड टेष्टको क्रममा खजुरीबाट निस्कदैँ महुवास्थित रहेको ढल्ला नजिकै ट्रयाकमा रहेको बाख्रा र खसीलाई किच्दै पार भएको हो ।
खजुरी स्टेशनदेखि केही पश्चिम महुवा स्थित ट्रयाकमा आउन खोजेको खँसीलाई झटकाले नै मृत्यु भएको तथा ट्रयाक चढन खोजेको बाख्राको घाँटी छिनिएको हो । ११ बजे समयमा छुटेको रेल्वेको ट्रयाक स्पीड टेष्ट जनकपुर हुँदै कुर्थासम्म गरिएको हो ।
३३ मिनेटको अन्तरालमा खजुरीदेखि कुर्थासम्म अन्य कुनै ठाउँमा क्षति नभएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्त एवं डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया