७ चैत्र २०७९, मंगलवार

तरकारीको मूल्यमा दोब्बर वृद्धि

२०७४,आश्विन,२२,आईतवार ०७:२८

0
Shares

विराटनगर, २२ असोज ।चाडपर्वसँगै विराटनगर बजारमा तरकारीको मूल्यमा दोब्बर वृद्धि भएको छ ।विराटनगर बजारमा खपत हुने अधिकांश तरकारी मोरङको पूर्वी र दक्षिणी क्षेत्रका साथै सुनसरीको देवानगञ्जबाट आउने गर्दछ तर उक्त क्षेत्रमा भदौ महिनामा आएको बाढीले खेती डुबानमा परेपछि तरकारीको उत्पादनमा कमी भई यसको मूल्यमा वृद्धि भएको हो ।कम उत्पादनका कारण उपभोक्ता दोब्बर मूल्यमा तरकारी किन्न बाध्य भएका छन् । एकातिर तरकारीखेती हुने क्षेत्र डुबानमा परेपछि उत्पादनमा कमी आएको र अर्कोतिर विराटनगरको सीमावर्ती क्षेत्र जोगबनीस्थित मीरगञ्जमा पुल भत्केकाले आयातमा आएको कमीका कारण तरकारीको मूल्य वृद्धि भएको तरकारी व्यापारी बताउँछन् ।नेपालको पहाडी क्षेत्र र भारतबाट आयात गरेर व्यावसायीले विराटनगर बजारमा तरकारीको आपूर्ति गर्दै आएको छ । पहाडी जिल्लाबाट आयात गर्दा ढवानी खर्च वृद्धि हुने र भारतबाट पनि तरकारी आयातमा आएको कमीले गर्दा मूल्यमा वृद्धि भएको तरकारी व्यवसायीहरु बताउँछन् ।बाढी आउनुअघि प्रतिकिलो रु २५ पर्ने प्याज अहिले रु ५० छ भने रु ३० पर्ने आलु रु ६० पुगेको छ । यस्तै रु ४० प्रतिकिलो पर्ने गोलभेँडा रु ६० देखि ७०, रु ५० प्रतिकिलो पर्नेे रामतोरिया अहिले रु ८०, प्रतिकिलो रु २५ पर्नेे घिराैँला रु ४० देखि ५० तथा रु ३० प्रतिकिलो पाइने काँक्राको मूल्य अहिले रु ६० पुगेको छ ।यस्तै प्रतिकिलो रु २५ पर्ने प्याज अहिले रु ५० मा पुगेको छ भने रु ७० पर्ने फूलकोभी अहिले रु १२५ मा सर्वसाधाराणले खरिद गरिरहेका छन् ।बजारमा तरकारीको मूल्य वृद्धिले आफूले अन्य सामानको बजेट घटाइ तरकारीमा खर्चगर्नु परिरहेको विराटनगर–९ का गृहिणी विद्या पाण्डेले बइन ।विराटनगर बजारमा दैनिक २५ देखि ३५ टन हरियो तरकारी बिक्री हुने गरेको तरकारी व्यवसायीहरु बताउँछन् ।माग अनुसारको आपूर्ति हुन नसकेपछि व्यापारीले आफूखुशी तरकारीको मूल्य निर्धारण गर्ने गरेको र बजार अनुगमन प्रभावकारी नहुँदा पनि आम उपभोक्तालाई चर्को मूल्यमा तरकारी किन्नुपर्ने बाध्यता रहेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार ०७:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आइतबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य मंगलबार सामान्य वृद्धि भएको छ । सोमबार नेपाली बजारमा प्रतितोला छापावाला सुनको

काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजन अन्तर्गतको अल्फा अटोमोटिभ प्रालिले काठमाडौंको नारायणचौर नक्साल

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा

काठमाडौं । पछिल्लो समय जीवन बीमा र यसको जनचेतनाले पुर्याएको सकारात्मक पक्षले गर्दा जीवन बीमा संस्कारको रुपमा विकास हुँदै गएको

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८
सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा
 २०७९,चैत्र,७,मंगलवार १२:३०
पाल्पाका २७ वडा डढेलोको उच्च जोखिममा
 २०७९,चैत्र,७,मंगलवार १२:२६