काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिन आह्वान गरेका छन् ।
उपचारका लागि भारतमा रहेका वरिष्ठ नेता खनालले आज एक वक्तव्य जारी गर्दै कुनै अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवालाई विश्वासको मत दिन आह्वान गरेका हुन् ।
देउवाले विश्वासको मत नपाएर देश संकटग्रस्त अवस्थामा हुने भन्दै वरिष्ठ नेता खनालले विश्वासको मत दिन दिन एमाले संसदीय दललाई आह्वान गरेका हुन् ।
“यो सरकार संविधानको धारा ७६(५) बमोजम बनेको छ र यसले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्दछ । अन्यथा मुलुकको स्थिती फेरि संकटग्रस्त हुनेछ । त्यसैले म नेकपा (एमाले) का संसदीय दलका सम्पूर्ण माननीय सांसदहरुलाई कुनैपनि अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दैछु । मेरा मत पनि विश्वासको मत दिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत स्पष्ट पार्न चाहन्छु ”। नेता खनालले भने ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया