एमालेको विघटित कार्यदल सदस्यहरु माधव नेपाल भेट्न कोटेश्वर जाँदै

काठमाडौँ । नेकपा एमाले कार्यदलका सदस्यहरु वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर जाँदैछन् ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछि उनीहरु वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुग्न लागेका हुन्।

वार्ता टोलीका नेताहरु सुवास नेम्वाङ, भीम रावल, बिष्णु पौडेल लगायतका नेता नेपालसँग छलफल गर्न कोटेश्वर पुग्दैछन् ।

शुक्रबार बसेको एमालेको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको कारणले गर्दा पार्टीको निर्णयको आधारमा अघि बढ्न विघटित कार्यदलले नेपाललाई सुझाव जान लागेको बुझिएको छ ।

माधव नेपालले देउवालाई विश्वासको मत दिने बताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?