जयनगर–जनकपुर–कुर्था रेल्वे ट्रयाकको परीक्षण शुरु (तस्वीरसहित)

लोकपथ
962
Shares

रामनारायण यादव / जनकपुरधाम । जयनगर–जनकपुर–कुर्था रेल्वे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन गर्न भारतबाट रेल ल्याइएर शुरु गरेको छ ।

आईतवार जयनगरबाट १२० को स्पीडमा कुर्थासम्म परीक्षण गरिएको हो । रेलवे ट्रयाकको स्पीड परीक्षण र सर्टिफिकेसन गर्न भारतबाट रेल ल्याइएको छ ।

जनकपुर हुंदै अहिले रेल कुर्था पुगेको हो । उक्त रेलमा नेपाल र भारतका अधिकारीहरु सहभागी छन् । निर्माणाधिन अवस्थामा रहेको रेल्वे ट्रयाकको स्पिड परीक्षण कुर्थाबाट शुरु हुने रेल्वे विभागका इन्जिनियर बिनोद ओझाले जानकारी दिए ।

जयनगरदेखि कुर्थासम्मको दुरी ३४ किलोमिटर रहेको छ । रेल १२० किलोमिटर प्रतिघण्टा स्पिडमा कुदाएर ट्रयाकको गुणस्तर परीक्षण गरिने इन्जिनियर ओझाले बताए । उनले सरकारले खरिद गरेको रेल ट्रयाक परीक्षण गर्ने खालको नभएकाले अर्को रेल भारतबाट ल्याइएको उनले बताए ।

सरकारले १० महिना अगाडी किनेर ल्याएको दुई सेट रेल ईनर्वा स्टेशनमा थन्काएर राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?