काठमाडौं । आमा र छोरीले आफ्नै घरमा आत्महत्या गरेका छन् । ४६ वर्षीय वीना शेट्टी र २४ वर्षीया छोरी यशिका शेट्टीले आफ्नै घरमा विष शेवन गरि आत्महत्या गरेको प्रहरीले जनाएका छ ।
यो घटना भारतको हरियाणाको गुरुग्रामको हो ।
६ जुलाई अर्थात असार २२ गते वीनाका श्रीमान हरि शेट्टीले पनि एक होटलमा विष शेवन गरेर आत्महत्या गरेका थिए । हरिको मृत्यु भएको १२ दिन पछि आमा छोरीले नै आत्महत्या गरेका हुन् ।
परिवारका तीनै जनाले किन आत्महत्या गरे भन्नेबारेमा अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
बाबुको आत्महत्याको घटना सेलाउन नपाउदै आमा छोरीले पनि आत्महत्या गरेपछि प्रहरीलाई घटनाबारे अनुसन्धान गर्न थप चुनौती थपिएको छ ।
भारतीय प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ । वीना र यशिकाको शव पोष्टमार्टमकालागी अस्पताल पठाइएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया