संसद सचिवालयमा दर्ता भयो प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव

लोकपथ
161
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदबाट विश्वासको मत लिँदैछन् ।

सो सम्बन्धी प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संघीय संसद सचिवालयमा सो प्रस्ताव दर्ता भइसकेको छ ।

आज दुई चरणको बैठक बस्ने र दोस्रो चरणको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिने प्रस्ताव कानून मन्त्रीद्वारा सभामुख मार्फत संसद सचिवालयमा दर्ता भैसकेको । आजै बस्ने दोश्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिनुहुने । संघीय संसद सचिवालयले जनाएको छ ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै १ महिनामा विश्वासको मत लिनुपर्ने कानूनी प्रावधान रहेको छ । सोही अनुसार आज देउवाले विश्वासको मत लिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?