विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७÷७८ मा कूल आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
सो अवधिमा आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य थियो । कार्यालयले लक्ष्यभन्दा आठ करोड ९१ लाख ५४ हजार रुपैयाँ बढी राजश्व सङ्कलन गर्न सफल भएको छ ।
कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७७÷७८ मा सङ्कलित राजश्वमा आयकर तीन अर्ब ५२ करोड १९ लाख १४ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर दुई अर्ब ५३ करोड ९० लाख १२ हजार रुपैयाँ र अन्तःशुल्क दुई अर्ब ८७ करोड २८ लाख ५० हजार रुपैयाँ रहेको छ । सो अवधिमा कार्यालयले आयकरमा १३० प्रतिशत, मूल्य अभिवृद्धि करमा १५७ प्रतिशत र अन्तःशुल्कमा ६४ प्रतिशत वार्षिक प्रगति हासिल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया