ओलम्पिकमा कोरोनाको इन्ट्री, खेलाडी बस्ने भिलेजमै पाइयो संक्रमित

काठमाडौं। टोकियो ओलम्पिक शुरु हुन मात्र एक साता बाँकि रहँदा खेलाडी बस्ने ओलम्पिक भिलेजमा नै संक्रमित भेटिएका छन्।

टोकियो ओलम्पिक आयोजक समितिले शनिवार सो घटको पुष्टि गरेको छ। टोकियो ओलम्पिकका प्रमुख तोसिरो मुटले खेलाडी बस्ने ओलम्पिक भिलेजमै संक्रमित भेटिएको कुरा बताएका हुन्।

तर संक्रमित व्यक्ति खेलाडी नरहेको कुरा पनि सार्वजनिक भएको छ। उनी खेल आयोजनामा संलग्न व्यक्ति रहेका छन्। उनको परिचय गोप्य राखिएपनि उनी विदेशी नागरिक रहेको पुष्टि भएको छ।

उनलाई तुरुन्तै भिलेजबाट निकालेर ‘आइसोलेसन’मा राखिएको जानकारी टोकियो ओलम्पिक समितिले दिएको छ। टोकियो ओलम्पिक औपचारिक रूपमा शुरु हुन ६ दिन बाँकी रहँदा ओलम्पिक भिलेजमै संक्रमित भेटिँदा खेलाडीहरूको सुरक्षामा प्रश्न चिन्ह उठेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?