एमाले स्थायी कमिटी बैठक बस्दै, समसामयिक राजनीति बारे छलफल हुने

लोकपथ
154
Shares

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ ।

स्थायी कमिटी बैठक तुलसीलाल प्रतिष्ठान च्यासलमा बिहान ११ बजे बस्ने लागेको हो ।

आजै अपराह्न ४ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । प्रतिनिधि सभामा पार्टीको भुमिका, पार्टीभित्र देखिएका समस्या समाधान र सोमवार बस्ने केन्द्रीय कमिटी बैठकको सम्बन्धमा छलफल गरिने बताइएको छ ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यलाई पनि बोलाइएको छ तर नेपाल पक्षले बैठक सार्ने माग गर्दै आएकोले उपस्थित नहुने भएको छ ।

अघिल्लो स्थायी कमिटी बैठकले कार्यदल भंग गरिसकेको भएपनि कार्यदलमा रहेका सदस्यहरु निरन्तर पार्टी एकताको पक्षमा भन्दै अनौपचारिक छलफलमा जुटिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?