खप्तड मालिका यातायात प्रालिको बस काउन्टर तोडियो

लोकपथ
4.2k
Shares

धनगढी । जिल्ला अदालत कैलालीको आदेशको अवज्ञा गर्दै धनगढी उप–महानगरपालिकाले धनगढीमा रहेको खप्तड मालिका यातायात प्रा.लि.को बस काउन्टर तोडेको छ ।

कैलाली जिल्ला अदालतले यही वैशाख १३ गते खप्तड मालिका यातायात प्रा.लि.का विवादित दुवै पक्षलाई छलफल गराई निर्णयमा पुग्न आदेश जारी गरेको भए पनि धनगढी उप–महानगरपालिकाले आज शनिवार विवादित दुवै पक्ष बिच छलफल र सहमति बिनै अदालतको आदेशको अवज्ञा गर्दै खप्तड मालिका यातायात प्रा.लि.को टिकेट काउन्टर तोडेको हो ।
खप्तड मालिका यातायात प्रा.लि.का पदाधिकारीहरू शेयर सदस्य अनन्तराज जोशी समूह र दिल बहादुर खलौला समूह बिच बस टिकट काउन्टरका विषयमा विवाद भइरहेको थियो ।

खप्तड मालिका यातायात प्रा.लि. को विवाद कै बिच शेयर सदस्य अनन्तराज जोशी समूहले अर्को यातायात प्रा.लि खप्तड यातायात प्रा.लि दर्ता गरी धनगढी बसपार्क स्थित खप्तड मालिका यातायात प्रा.लि को टिकट काउन्टर खप्तड यातायात प्रा.लि.ले पाउनु पर्ने माग राख्दै आइरहेको थियो ।

भने खप्तड मालिका यातायात प्रा.लि.का अध्यक्ष दिल बहादुर खलौला समूहले उक्त टिकेट काउन्टर विगत देखी पनि खप्तड मालिका यातायातकै रहेको, अहिले पनि नियम सङ्गत आफूहरूले नै प्रयोग गर्न पाउनु पर्ने र अर्को संस्था आएर आफूहरूको कार्यालय अर्थात् टिकेट काउन्टरमा भाग माग्न लज्जास्पद भएको बाताउदै आइरहेकाले विवाद अदालत सम्म पुगेको थियो ।

यता जिल्ला अदालत कैलाली, यातायात व्यवस्था कार्यालय र कम्पनी रजिस्टारको कार्यालयले पनि धनगढी बसपार्क स्थित रहेको खप्तड मालिका यातायात प्रा.लि. को टिकेट काउन्टर बाट विगत देखी नै खप्तड मालिका यातायात प्रा.लि.ले आफ्नो काम काज सञ्चालन गर्दै आइरहेको र अहिले पनि त्यहाँ खप्तड मालिका यातायात प्रा.लि. कै हक हुने भन्दै खप्तड यातायात प्रा.लि का अनन्तराज जोशी समूह तथा धनगढी उप(महानगरपालिकाको कार्यालय र नगर प्रमुख नृप ब. वडलाई जानकारी गराएको थियो ।
यसैबिच बस टिकट काउन्टरका विषयमा विवाद भइरहेको हुँदा अर्को व्यवस्था नभए सम्म बन्द गर्न धनगढी उप–महानगरपालिकाले पनि गत वैशाख १४ गते सिफारिस गरेको थियो ।

यद्यपी अहिले भने नगरपालिकाले सम्पूर्ण सरोकारवाला निकायहरू र जिल्ला अदालत कैलालीको आदेशको धज्जी उडाउँदै विवादित दुवै पक्ष बिच छलफल र सहमति गराए बेगर शनिवार खप्तड मालिका यातायात प्रा.लि.को टिकेट काउन्टर तोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?