नगर प्रहरीको कामले गर्दा मलाई मिति र बार नै थाहा हुँदैन (भिडियो सहित)

लोकपथ
5.1k
Shares

केही वर्ष अगाडी काठमाडौँ उपत्यकामा भइरहने ट्राफिक जामलाई खुलाउन सिताराम हाछेथु नै चाहिने अवस्था थियो । जब उनी सिट्ठी फुक्दै जहाँ जहाँ पुग्थे त्यहाँको ट्राफिक जाम खुल्थ्यो । त्यसैले नगरवासीले उनको नाममा एउटा उखान टुक्का नै निकाले ‘जहाँ ट्राफिक जाम, त्यहाँ सिताराम’ ।

ट्राफिक प्रहरीमा रहेर उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न सधैँ नौलो नौलो काम गर्ने हाछेथुलाई उपत्यकावासीले अझै बिर्सेका छैनन् । नेपाल प्रहरीमा २९ वर्ष सेवा गरेर अवकाश पाएपछि उनको मेहनत र योगदानलाई सदुपयोग गर्न ललितपुर महानगरपालिकाले उनलाई नगर प्रहरी प्रमुखमा नियुक्त गरेको थियो ।

बिना तलब र कुनै दिन पनि छुट्टी नलिई उनी ललितपुर नगरपालिका भित्रका विभिन्न समस्याहरू समाधान गर्न लागि परेको बताउँछन् । नगर प्रहरी भनेको फुटपाथे पसल हटाउने भन्ने मात्र छ । तर म यो सोचमा मात्र छैन । नगर प्रहरी भनेको नगरवासीको हरेक समस्या समाधान गर्ने साथी हो भन्ने कुरा देखाउने पक्षमा छु । ललितपुर नगर प्रहरीको कामबाट अरू नगरका प्रहरीहरू पनि प्रभावित होउन् भनेर उनले ट्राफिक व्यवस्थापन, सहरको सौन्दर्यता बढाउने, सामाजिक सेवा भावका काम लगायत विभिन्न काम गरेर नगरवासीमा नगर प्रहरीको सोच बदलिरहेका छन् ।

कोरोना सङ्क्रमणको बेला नगरवासीको सेवामा लाग्दा उनी स्वयं कोरोना सङ्क्रमित भए । सङ्क्रमण मुक्त भएर पुनः नगरवासीको सहयोगमा लागेका सिताराम हाछेथुसंग लोकपथका प्रस्तोता लेखमणि त्रितालले ‘लोकदृष्टि–फ्रन्टलाइनर्स’ शृङ्खलालाई गरेको कुराकानीको भिडियो हेर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?