अत्यधिक वर्षाको कारण युरोपमा बाढी : १५३ जनाको मृत्यु

लोकपथ
161
Shares
Damaged houses are seen at the Ahr river in Insul, western Germany, Thursday, July 15, 2021. Due to heavy rain falls the Ahr river dramatically went over the banks the evening before. People have died and dozens of people are missing in Germany after heavy flooding turned streams and streets into raging torrents, sweeping away cars and causing some buildings to collapse. (AP Photo/Michael Probst)

काठमाडौं । अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी १३३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शनिवार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोप जम्मा १५३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा २० जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ ।

जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ । यस प्रकोपबाट यहाँ ९० व्यक्तिको मृत्यु भएका बताइएको छ । यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका थिए ।

नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?