काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर समूहका चार सांसदले कित्ता परिवर्तन गरेका छन्।
अध्यक्ष ठाकुर पक्षमा रहेका चार सांसद, प्रतिनिधिसभा पुनर्स्थापनासँगै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लागेका हुन् ।
सांसद प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकालले ठाकुर समूहलाई छोडेर यादव समूहमा लागेका हुन्।
पार्टी कार्यालय, बालकुमारीमा शनिबार बसेको संसदीय दलको बैठकमा पनि उनीहरु सहभागी भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया