१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

लोकपथ
504
Shares

काठमाडौं । उदयपुरमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रौतामाई गाउँपालिका-७ रानीबास बस्ने २८ वर्षीय निर्जल केप्छाक्री मगरलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती किशोरीलाई गत असार २९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?