प्रचण्ड र नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

लोकपथ
1.3k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । वरिष्ठ नेता नेपाललाई भेट्न दाहाल शनिवार दिउँसो साढे १ बजे उनको निवास कोटेश्वर गएका हुन् ।

दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले दिएको जानकारी अनुसार दुई शीर्ष नेताबीच समसामयिक विषयमा छलफल छ । उनले लोकपथसँग संक्षिप्त कुराकानी गर्दै भने–‘दुई शीर्ष नेताबीच सामान्य छलफल भएको हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?