कुटपिट गरि आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ

लोकपथ
357
Shares

काठमाडौं । काभ्रेमा एक पुरुषले कुटपिट गरि आफ्नै बुबाको हत्या गरेका छन् ।

आफ्नै बाबु ७० वर्षीय कमान सिंह तामाङलाई कुटपिट गरि हत्या गरेको अभियोगमा भुम्लु गाउँपालिका-९ धेरैनी बस्ने ४० वर्षीय सत्य भन्ने दुर्गा तामाङलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो ।

दुर्गाले कुटपिट गर्दा कमान सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोलालघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?