काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पर्टीमा क्रियाशील सदस्यको छानबिन अन्तिम चरणमा पुगेको बताएका छन् ।
७५ जिल्लाहरुबाट पठाइएका क्रियाशील सदस्यहरुको फाइल हेरेर छानबिन प्रक्रिया टुंगिएको अवस्थामा पुर्याइएको नेता पौडेलले बताए । अबको केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरुको पनि छानबिन गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवालाई बुझाउने निर्णय भएको बताउँँदै पौडेलले पार्टीको १४ औं महाधिवेशनमा ८ लाख ५२ हजार क्रियाशील सदस्यको इन्ट्री भएको बताए । तर यसमा कतिपय सदस्य उजूरीका आधारमा हट्नेछन् भने केही वडामा थपिन पनि सक्छन् ।
अहिलेसम्म जनसम्पर्क समितिका क्रियाशील सदस्यता नआइसकेकोले ८ लाख ५० हजार क्रियाशील सदस्य कायम हुनसक्ने नेता पौडेलको भनाइ छ । साथै पुरानो कार्यतालिका पनि केही फेरबदल हुनसक्नेछ । अब टेक्निकल पाटोको मात्रै काम बाँकी छ, नेता पौडेलले भने, ३,४ दिनमा क्रियाशील सदस्यहरुको हार्डकपी बुझाउँछौँ, सभापतिले केन्द्रीय समितिमा राखेपछि समितिबाट पास हुँँदै निर्वाचन समिति र त्यहाँँबाट वडामा जानेछ । क्रियाशील सदस्यता प्रारम्भिक मतदाता नियमावली भएकोले यो टुंगिएपछि धेरै काम सकिने र महाधिवेशनको काम चलिरहने नेता पौडेलले बताए । क्रियाशील सदस्यका लागि अधिकांश विषय सहमतिमै टुंगिसकेको र यसबाट नटुंगिएकालाई मापदण्डबाट टुंग्याएको बताउँँदै नेता पौडेलले मर्यादा उल्लंघन गरेर असहमति जनाउने विषयलाई कडाइका साथ रोक्नुपर्ने बताए ।
सहमति र मापदण्ड दुवैबाट नटुंगिएकालाई पदाधिकारीहरुकोमा पठाइएको र यसरी नेताहरुकोमा पठााउने वडाको संख्या ७० भन्दा बढी रहेको नेता पौडेलको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया