काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक शनिवार बस्दैछ ।
बबरमहलस्थित जसपामा कार्यालयमा बस्न लागेको कार्यकरिणी समितिको बैठकमा निर्वाचन आयोगमा विचाराधीन मुद्दा, सर्वोच्च अदालतको आदेश, देउवा सरकारबारे धारणा तय गर्ने लगायतको विषयमा छलफल हुने कार्यकारिणी समितिका सदस्य अकवाल अहमदले बताए ।
अध्यक्ष महन्थ ठाकुरले हेरफेर गरिएको कार्यकारिणी समितिको बैठक बोलाएका हुन् । अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षीय २० जना सदस्य हटाएर आफू निकटकालाई समितिमा ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया