काठमाडौं, १६ चैत । संजय कुमार साह विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । साह विरुद्ध सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले छानविन गरिरहेको थियो ।अनुसन्धान विभागले ३२ करोड ४ लाख रुपैयाँ गैरकानुनी ढंगबाट कमाएको भन्दै आज अदालतमा साह विरुद्ध मुद्दा दर्ता गरेको हो ।कर्तव्य ज्यान, अपहरण, बम विष्फोटन, जवरजस्ती चन्दा असुली समेतका आपराधिक क्रियायाकलापहरुबाट गैह्र कानुनी तरीकाले ठूलो परिमाणमा चल–अचल सम्पत्ति आर्जन गरेको भन्दै साहविरुद्ध विशेष अदालतमा उजुरी परेको थियो ।हाल मुद्दाको पुर्पक्षका क्रममा उनलाई ललितपुरस्थित नख्खु कारागारमा थुनामा छन् ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागप्रेस विज्ञप्तिमितिः- २०७४र१२र१६श्री प्रधान सम्पादकरसम्पादक ज्यूकर्तब्य ज्यान, अपहरण, बम बिष्फोटन, जवरजस्ती चन्दा असुली समेतका आपराधिक क्रियायाकलाप हरुबाट गैह्र कानुनी तवरले ठूलो परिमाणमा चल(अचल सम्पत्ति आर्जन गरी सम्पत्ती शुद्दीकरण (मनि लाउण्ड्रिङ) निवारण ऐन,२०६४ बिपरीतको कसूर अपराध गरेको भन्ने समेतका व्यहोरा उल्लेख भई धनुषा जिल्ला साविक लोहना(२ हाल ज.न.पा(२५ घर भै हाल मुद्दाको पुर्पक्षका क्रममा नख्नु ललितपुर स्थित कारागारमा थुनामा रहेका संजय कुमार साह समेतका विरुद्ध सम्पत्ति शुद्धीकरणको कसूरमा यस विभागमा दर्ता हुन आएको उजुरी उपर अनुसन्धान तहकिकात गर्न तोकिएको निकाय प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज काठमाडौँबाट अनुसन्धान तहकिकात हुँदा प्रतिवादी संजय कुमार साहले अपराधन्य कार्यहरु कर्तव्य ज्यान, भ्रष्टाचार, हातहतियार तथा खरखजना सम्बन्धी कसुर अपराध गरी कुल रु. ३२,०४,५०,३०४।७६ ( वतिस करोड चार लाख पचास हजार तीनसय चार रुपैया पैसा छयहत्तर मात्र) बराबरको चल अचल सम्पत्ति साधन आर्जन गरी त्यस्तो सम्पत्ति तथा साधन बाबु साधुसाह सुडी, आमा दुलारी देबी साह, श्रीमती रंगीला कुमारी साह, भाई राम कुमार साह, मनोज कुमार सिंह, नीलम सिंह, राम मिलन राउत कुर्मी, ओम प्रकाश यादब, सुजित कुमार पाण्डे समेतका कुल १२ जना प्रतिवादीहरु समेतको मिलेमतोमा घरजग्गा, फर्म, कम्पनीको शेयर, सवारी साधनहरुमा लगानी गरी अपराधजन्य कार्यबाट आर्जित सम्पत्तिको गैरकानूनी स्रोत लुकाई छिपाई नयाँ कानूनी स्रोत, स्वामित्व समेत सिर्जना गरी वैधानिक स्रोतको देखाई सम्पत्ति शुद्धीकरण गर्ने बदनियतले साविक सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) ले निषेधित दफा ४ को देहाय (क) तथा दफा २८ बमोजिमको कसुर, साविक सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को (पहिलो संशोधन) २०६८ को दफा ३ को उपदफा(१) ले निषेधित दफा ४ को देहाय (घ) र (ठ) तथा दफा २८ बमोजिमको कसुर र प्रचलित सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को (दोश्रो संशोधन) २०७० को दफा ३ को उपदफा (१) को देहाय (क),(ख),(ग),दफा ३ को उपदफा (३) तथा दफा २८ को उपदफा (१) बमोजिमको कसुर अपराध गरेको पुष्टि हुन आएको देखिँदा त्यस्तो कसुर अपराध गर्ने प्रतिवादी संजय कुमार साहलाई बिगो रु.३२,०४,५०,३०४।७६(बत्तीस करोड चार लाख पचास हजार तीनसय रुपैया छयहत्तर पैसा मात्र) र अन्य प्रतिवादीहरुलाई समेत कसुरको मात्रा अनुसार वीगो कायम गरी साविक सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा १ को देहाय (क), साविक सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४(पहिलो संशोधन) २०६८ को दफा ३० को उपदफा (२) तथा प्रचलित सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४को (दोस्रो संशोधन) २०७० को दफा ३० को उपदफा (१) बमोजिम सजाय हुन र प्रतिवादीहरुका नाउँमा रहे भएको सम्पत्ति तथा साधन समेत साविक सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३४ को उपदफा (१) तथा प्रचलित सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन (दोस्रो संशोधन समेत), २०६४ को दफा २८को उपदफा (२) र दफा ३४ को उपदफा (१) बमोजिम जफत हुन समेत मागदावी लिई सम्मानित विशेष अदालत काठमाडौँ समक्ष मिति २०७४र१२र१६ मा अभियोग पत्र दायर गरिएको छ ।सूचना अधिकारीरप्रबक्ता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया