मस्तिष्कघात भई उपचाररत मेयर जिसीको शल्यक्रिया हुँदै

RSS
28
Shares

काठमाडौं । उच्च रक्तचापका कारण मस्तिष्कघात भई बिरामी भएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको काठमाडौँस्थित न्यूरो अस्पतालमा शल्यक्रिया भइरहेको छ ।

मस्तिष्कघात भई उपचारका लागि शुक्रवार काठमाडौँ आएका ६० वर्षीय जिसीलाई दाहिने आँखा र अनुहारको अगाडिको भागमा समस्या देखिएका कारण शल्यक्रिया गर्न लागिएको पोखरा– १३ का वडाध्यक्ष दर्शन लामाले जानकारी दिए।

उनका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्यसमेत रहेका जिसीको अस्पतालका न्यूरोसर्जन डा. सुरज थुलुङ र डा. शेखर श्रेष्ठसहितको टोलीद्वारा शल्यक्रिया भइरहेको छ ।

शुक्रवार बिहान करिब ४ बजेको समयमा शरीरमा असहज महसुस भएपछि तत्काल पोखराको महेन्द्रस्थित मेडिप्लस अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ प्रारम्भिक उपचार गरि मणिपाल शिक्षण अस्पताल पु¥याइएको थियो ।

मणिपाल शिक्षण अस्पतालमा उपचारमा संलग्न चिकित्सकका अनुसार उच्च रक्तचापले मस्तिष्कघात भई त्यसको असरले उनको शरीरको देब्रेतर्पm समस्या देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?