काठमाडौं । बैंकका ग्रहाक सेवा केन्द्रमा कार्यरत एक युवकमाथि अज्ञात समूहले गोली चलाएका छन् । गोलीलागेर घाइते युवकको अस्पतालमा उपचार भइरहेको छ ।
यो घटना भारतको उत्तर प्रदेशको चौदलीको हो । मुख छोपेर बैंक भित्र पसेका दुई जनाले पहिले गोली देखाएर बैंकबाट पैसा लुट्ने प्रयास गरेका थिए ।
ती युवकले पैसा दिन नमानेपछि अज्ञात समूहले उनीमाथि गोली चलाएका थिए । घाइते युवकको पेटमा गोली लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
हाल उनको अस्पतालमा उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ । घटनापछि फरार रहेका दुई जनालाई पक्राउ गर्न प्रहरीले उक्त क्षेत्रमा नाकाबन्दी गरेको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया