प्रधानमन्त्री देउवाले डाके संसदीय दलको बैठक

लोकपथ
42
Shares

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।

आइतवार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बैठक बोलाइएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

उनका अनुसार भोलि अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भ छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो। । त्यस्तै बैठकमा विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोट लगायतका विषयमा पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?