अभिनयको हुटहुटी मेट्दै तमन्ना

सानोमा टेलिभिजनको पर्दामा नाचेको र अभिनय गरेको देखेर काठमाडौँकी तमन्ना केसीलाई काँचको पर्दामा त्यस्तै गरेर नाच्ने र अभिनय गर्ने रहर जागेको थियो ।

सानो उमेरमा जागेको सबैको रहर युवा अवस्था आउँदा कसैको पुरा हुन्छ त कसैको अधुरो नै रहन्छ । तमन्ना आफ्नो बाल्यकालको रहर केही हदसम्म पुरा भएकोमा अहिले खुसी नै छिन् ।

मामु र बुवाको एक्लो छोरी भएको कारण म प्रति उहाँहरू निकै नै सर्पोटिभ हुनुहुन्छ । उहाँहरूले ‘छोरी तैँले एटलिष्ट प्लस टु सक्नु पर्छ अनि तँलाई जे मन लाग्छ त्यसैमा आफ्नो करिअर छान्न सक्छेस्’, भन्नुहुन्थ्यो ।

मलाई होटेल म्यानेजमेन्ट पनि निकै मन पर्ने काम थियो र मैले होटेल म्यानेजमेन्टमा के एन्ड के कलेजबाट प्लस टु पनि सके । तर मेरो हुटहुटी भनेको अभिनयमै रहेको थियो । त्यसैले यसैमा करिअर बनाउन थाले, उनी भन्छिन् । उनलाई होटेल म्यानेजमेन्टमा कुकिङ तर्फ त्यति रुचि छैन । कुनै दिन होटेल खोल्न सके भने होटेल म्यानेजमेन्टको काम भने अवश्य गर्छु भन्छिन् ।

ठुलो पर्दाको ‘तिमी हुन्छौ जहाँ जहाँ’मा अभिनय गरेकी तमन्नाले यु एन्ड मि वेब सिरिजमा पनि अभिनय गरेकी छिन् । केही फेसन सोमा मोडलिङ गरेकी तमन्नाको मुख्य धोको भनेको अभिनय क्षेत्रमै रहेको छ ।

मलाई अभिनयको हुटहुटी छ । मलाई जस्तो किसिमको पनि अभिनय गर्न सक्छु भन्ने आत्मविश्वास छ । तर सोचे अनुसारको अभिनय अझै गर्न पाएको छैन । अहिले आएका नयाँ निर्देशकहरुले फरक धारका चलचित्र निर्माण गरिरहनु भएको छ । यसले अभिनयको क्षेत्र केही फराकिलो हुदैं गएको छ उनी भन्छिन् । अलि फरक किसिमको अभिनय गर्न पाएमा आफ्नो इच्छा केही हदसम्म पुरा हुने तमन्न बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?