६ आश्विन २०७८, बुधबार

पर्यटन प्रवर्धन गर्न साइकलयात्रा

२०७८,श्रावण,२,शनिवार ११:२९


काठमाडौं । रुपन्देहीको सैनामैनामा पर्यटन प्रवर्धन गर्न विश्व साइकलयात्री पुस्कर शाहसहित आज साइकलयात्रा गरिएको छ । नगरपालिकाको करिब ४५ किलोमिटर क्षेत्रफलमा रहेको चक्रपथको परिक्रमा गरिएको सैनामैनाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक गोविन्द ज्ञवालीले जानकारी दिए ।

साइकलयात्रामा नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीसहित करिब ७० व्यक्ति सहभागी रहेका थिए । स्थानीय मुर्गिया बजारबाट शुरु भएको यात्रा गर्न करिब सात घण्टा लाग्ने अनुमान गरिएको छ ।

उनीहरुले बोलबम धाम, जर्लैया, सिमसार क्षेत्र, रानीकुवा, राजाकुवा, मलमला मन्दिरलगायतका क्षेत्रको अवलोकनसमेत गर्नेछन् । “यसबाट पर्यटन प्रवर्धन हुनाका साथै ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पहिचान हुनेछ”, नगरप्रमुख कार्कीले भने । सो नगरपालिकालाई पर्यटनको प्रचुर सम्भावना रहेको क्षेत्रका रुपमा मानिँदै आएको छ ।

प्रकाशित मिति: २०७८,श्रावण,२,शनिवार ११:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अहिले ‘टुरिष्ट हब’को रूपमा विकसित झकिझकाउ ठमेल पहिले कस्तो थियो होला ? आम युवापुस्ताको यही जिज्ञासा मेट्न हामी रंगिन ठमेलमा

काठमाडौं । नेपालले मध्यपूर्वी एशियाको उदियमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रर्वद्धनका लागि सहकार्य गर्ने भएको छ । दुई देशबीच पर्यटन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका

पोखरा । आङ फुर्वा शेर्पाले हिमाल आरोहणको अनुभव बटुल्न थालेको १४ वर्ष भयो । उनीसँग विश्वको अग्लो हिमाल सगरमाथा १०

ताजा समाचार