प्रदेश २ सरकारबाट जसपाका दुई मन्त्रीले दिए राजीनामा

लोकपथ
832
Shares

जनकपुरधाम । प्रदेश २ सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

नेकपा (माओवादी केन्द्र)लाई सरकारमा सहभागी गराउन आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय खाली गराएर मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका हुन् ।

नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन मार्ग प्रशस्त गर्न उनीहरूले राजीनामा दिएका हुन् । राजीनामा पत्र मुख्यमन्त्री लालबाबु राउतलाई बुझाइएको राज्यमन्त्री कुशवाहाले जानकारी दिए ।

मन्त्री यादव र राज्यमन्त्री कुशवाहा जसपा उपेन्द्र यादव पक्षका नेता हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?