नेपाली युवालाई अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं, २२ असोज २०७४नेपाली युवा मबी राजभण्डारीले यूएइएमा रिसेप्सनिष्ट अफ दि इयर–२०१७ अवार्ड जितेका छन् । ग्रान्ड होटल्सका सेफ्स र रिसेप्सनिस्टहरूको संस्था एआईसीआरद्वारा आयोजित उक्त प्रतियोगितामा पालाजो भर्सेस दुबईमा गेस्ट रिलेसन्स एक्जुकेटिभ्स पदमा कार्यरत राजभण्डारीले उक्त अबार्ड पाएका हुन् ।उनले सन् २०१८ मा स्विजरल्यान्डको जेनेभामा हुने विश्वभरिका रिसेप्सनिस्टहरूको अन्तर्राष्ट्रिय प्रतियोगिता डेभिड क्याम्मबेल प्रतियोगितामा यूएईकै प्रतिनिधित्व गर्ने जनाइएको छ ।काठमाडौंका मबी राजभण्डारीले ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन ९गेट कलेज०मा अध्ययनपश्चात सन् २०१५ को अक्टोबरमा प्लाजो भेर्सासास दुबईमा आबद्ध भएका थिए ।उनले आफ्नो चमत्कार र निर्णय क्षमता तथा संकटकालीन व्यवस्थापनकलाद्वारा निर्णायकहरूलाई प्रभावित तुल्याएका थिए । “हामी मबीलाई उनको यो उपलब्धीका लागि हार्दिक बधाइ ज्ञापन गर्दछौं । हामी विश्वव्यापी डेभिड क्याम्पबेल प्रतियोगितामा यूएइ र पालाजो भेर्सेस दुबईमा यस्ता प्रतिभावान व्यक्तिले प्रतिनिधित्व गर्न लागेकामा गौरवान्जित छौं,” पालाजो भेर्सेस दुबईका अध्यक्ष एवं इन्शाका प्रमुख कार्यकारी अधिकृत राजा जाफरले भने ।राजधानीको गेट कलेजले आफ्ना छात्राले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेकोमा उनलाई हार्दिक बधाइ ज्ञापन गर्दै यसले नेपाली विद्यार्थीहरूको अन्तर्राष्ट्रिय सम्मान बढेको जनाएको छ ।नेपालको आतिथ्य सत्कार विश्वमै सुप्रसिद्ध छ, नेपाली विद्यार्थीले नै आतिथ्यको क्षेत्रमा अन्तर्राष्ट्रिय पुरस्कार पाउँदा यहाँको आतिथ्य सत्कार शिक्षाको विश्वस्तरलाई प्रमाणित गरेको छ ।विगत दश वर्षदेखि सञ्चालित गेट कलेज स्विजरल्यान्डको स्विस होटल एसोसियनको सम्बन्धन प्राप्त गर्ने एसियाकै एकमात्र शैक्षिक प्रतिष्ठान हो, जहाँ नेपालबाहेक चीन, बंगलादेश, अफगानिस्तान, डेनमार्कसहित विभिन्न देशका विद्यार्थीहरू अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?