प्रदेश २ सरकारले आज मन्त्रिपरिषद् विस्तार गर्दै, माओवादी केन्द्रबाट साह र कर्ण मन्त्री बन्दै

लोकपथ
390
Shares

जनकपुरधाम । प्रदेश २ सरकारले आज (शनिवार) मन्त्रिपरिषद् विस्तार गर्न लागेको छ ।

नेकपा (माओवादी केन्द्र) पनि सरकारमा सहभागी हुने भएपछि मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्री शुक्रवार नै चयन गरिसकेको छ । शुक्रवार बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता भरत साह मन्त्रीमा र रुवी कर्ण राज्यमन्त्री बन्न लागेका हुन् ।

दुबैजना आज दिउँसो ३ बजे मधेश भवनमा पद तथा गोपनियताको शपथ लिने तयारी भइरहेको माओवादी केन्द्र संसदीय दलका सचेतक दिलीपकुमार साहले जानकारी दिए ।

स्रोतका अनुसार माओवादी केन्द्रले पहिलो पटक मन्त्री बन्न लागेका साहलाई अर्थ वा कानून मन्त्रालयको जिम्मेवारी दिन लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?