जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश २ सरकारमा सहभागी हुन मन्त्रीको टुङ्गो लगाएको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले मन्त्रीहरुको नाम टुङ्गो लगाएको हो।
बैठकले माओवादी केन्द्र संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको प्रमुख सचेतक दिलीपकुमार साहले जानकारी दिए ।
उनका अनुसार मन्त्रीको टुङ्गो लागे पनि मन्त्रालयको टुंगो लाग्न सकेको छैन् । साह र कर्णले शनिबार नै मन्त्री पदमा शपथ लिन लागेको सचेतक साहले बताए ।
साह महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित सांसद हुने भने सप्तरीकी कर्ण समानुपातिक सांसद हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया