ऊर्जामा लगानी अन्य क्षेत्रभन्दा सुरक्षित : मन्त्री भुसाल

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले देशमा उत्पादित जल उर्जालाई सम्पूर्ण क्षेत्रमा प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई न्यूनिकरण गर्नुपर्ने बताएकी छन्।

विद्युत विकास विभागको २८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको पहिलो बिकल्पको रुपमा जल उर्जा भएको बताइन्।

उनले भनिन्,‘सिङ्गो देशको विद्युतीकरण गर्ने कुरा लाइटको रुपमा मात्रै नभएर आफ्नै देशको श्रोतबाट उत्पादन भएको उर्जालाई सम्पूर्ण उर्जाको क्षेत्रमा प्रयोग गर्ने र डलर तिरेर आएको पेट्रोलियम पदार्थलाई न्यूनिकरण गर्न सक्नुपर्छ ।’

निजी क्षेत्रले निश्चित समयसम्म चलाउने शर्तमा निर्माण गरेपछि त्यतिको लागि मात्र भौतिक संरचना बन्न नहुने मन्त्री भुसालले बताइन् । ऊर्जामा लगानी अन्य क्षेत्रको भन्दा सुरक्षित लगानी भएको बताउँदै मन्त्री भुसालले छिटो र स्थायित्वका लागि विशेष ध्यान दिन समेत आग्रह गरिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?