यस कारण नेपाल पक्षले बहिस्कार गर्‍यो स्थायी र संसदीय दलको बैठक

लोकपथ
2.1k
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले स्थायी कमिटी र संसदीय दलको बैठक स्थगित गर्नुपर्ने आफुहरुको माग सम्बोधन नभएका कारण माधव नेपाल पक्षले बैठक बहिष्कार गरेको बताएका छन् ।

स्थायी कमिटी सदस्य समेत रहेका कार्यदल सदस्यहरुले बैठक स्थगित गर्न र शिर्ष तहमा सहमती गरेर मात्रै बैठक सञ्चालन गर्न माग गरेको भएपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक सञ्चालन गरेपछि आफुहरु बैठकमा सहभागी नभएको नेता रावलले बताए । अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्तिका कारण एकतामा अप्ठ्यारो सिर्जना गरेको भन्दै केही समयपछि बैठक राख्न आग्रह गर्दापनि अध्यक्ष ओलीले बैठक सञ्चालन गरेको उनले बताए । उनले भने– ‘एकतालाई अगाडी बढाउन अध्यक्ष केपी ओली र बैठकमा उपस्थित नेताहरुले गम्भिर रुपमा सोच्नुहोस् । यो बैठक स्थगित गर्नुहोस् र हामीले जुन कार्यदलमा सहमती गरेर यो प्रक्रिया अगाडी बढ्ला भन्ने अपेक्षा गरेका थियौँ । स्वयम् पार्टी अध्यक्षबाट आफ्नो निवासमा सर्ने क्रममा दिएका अभिव्यक्तिहरुले हामीलाई झनै अप्ठ्यारो परेको छ । त्यसकारण अलिकति हामिलाई समयको आवश्यकता प¥यो । यो समय हामीलाई दिनुस्, स्थायी कमिटी बैठक स्थगित गर्नुस् । संसदीय दलको बैठक स्थगित गरौँ । अनौपचारिक कुरा गरौँ । पार्टी अध्यक्ष र बरिष्ठ नेताको बिचमा शिर्ष तहमा कुराकानी गर्ने, हामीहरु बीचमा अनौपचारिक कुराकानी गर्ने, हामीले कार्यदलको बैठकमा जुन प्रक्रियागत कुरामा सहमती गरेका थियौँ । तदनुकुल अगाडी जाने कुरातर्फ अगाडी जाउँ भनेर उहाँहरुलाई हामीले आग्रह ग¥यौँ । पार्टी अध्यक्षले यो बैठक जारी रहन्छ । यसका कार्यसूची अगाडी बढाउनुस् भनेपछि हामीले भन्यौँ, हाम्रो बैठकमा सहभागिता छैन । हामी हिड्यौँ भनेर हिड्यौँ ।’

नेता रावलले आफुहरु पार्टी एकताको पक्षमा रहेको र कार्यदलमा सहमती गरे अनुरुप पार्टी बैठकहरु सञ्चालन गरिनुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?