काठमाडौं । चीनले नेपाललाई थप १६ लाख डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।
आज नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सो कुरा जानकारी गराएकी हुन् ।
शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजदूत यान्छीबीच भेटघाट भएको थियो ।
भेटघाटको क्रममा कोरोना रोकथाम तथा नियन्त्रणका लागि चीन सरकारले नेपाललाई थप खोप उपलब्ध गराउने राजदूत यान्छीले जानकारी गराएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया