पर्सा । पर्सामा जबरजस्ती सामूहिक करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन ।
१९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–२१ बस्ने ३० वर्षीय सुनिल महतो र पोखरिया नगरपालिका–६ बस्ने २५ वर्षीय शिववालक महतो रहेका छन् ।
काठमाडौं कलंकीबाट असार २७ गते बिहान बुटवल जाने भनि २ वर्षीय छोरासहित ना.५.ख २८७० नम्बरको ट्रकमा गएकी ती युवतीलाई सोही ट्रकका चालक सुनिलले चितवन रामनगरसम्म ल्याई जबरजस्ती करणी गरी असार २९ गते दिउँसो पुन: ना.६.ख ३३६९ नम्बरको ट्रकमा चढाइ पठाएको अनुसन्धानबाट खुल्न आएको छ ।
साथै उक्त ना.६.ख ३३६९ नम्बरको ट्रकका चालक शिववालक र सोही ट्रकका सहचालक तथा अर्को एक व्यक्तिले समेत ती युवतीलाई पटक–पटक जबरजस्ती करणी गरी असार ३० गते वीरगंज महानगरपालिका–१७ स्थित ड्राईपोर्टमा ओराली अलपत्र छाडेका थिए। अलपत्र अवस्थामा प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको प्रहरी टोलीले ती युवतीलाई उद्दार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान गर्ने क्रममा दुवै ट्रक चालकले जबरजस्ती करणी गरेको खुलेपश्चात उनीहरुलाई पक्राउ गरिएको हो। घटनामा संलग्न अन्य २ जना फरार व्यक्तिहरुको खोजी भइरहेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया