रुपन्देही । रुपन्देहीमा अवैध रुपमा ल्याउँदै गरेको सुन र चाँदी जस्तो देखिने धातुसहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–११ पण्डितपुर बस्ने ४० वर्षीय मोहम्मद फारुक मुसलमान र सोही ठाउँ बस्ने २४ वर्षीय रहीस अहमद मुसलमान रहेका छन् ।
पण्डितपुरस्थित सडकमा लु.३८.प २३७२ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको करिब ११ तोला ५० लाल सुन जस्तो देखिन धातु र ७ किलो ५ सय ग्राम चाँदी जस्तो देखिने धातु, ३ थान मोबाइल, नगद १७ हजार २ सय ५० नेपाली रुपैयाँ र ३ हजार भारतीय रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन्।
उनीहरुलाई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया