एमाले बैठकको निर्णय : देउवालाई विश्वासको मत नदिने, १० बुँदे सहमती अनुमोदन गर्ने

लोकपथ
2k
Shares

काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ ।

आज बसेको एमाले स्थायी कमिटी बैठकले देउवा नेतृत्वको सरकारलाई समर्थन नदिने र विवाद समाधानका लागि गठिन कार्यदलको १० बुँदे सहमती अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । साथै सहमती कार्यान्वयपश्चात उक्त कार्यदल स्वत खारेज हुने समेत बताइएको छ ।

बैठकपछि बोल्दै एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्न सांसदहरुलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिए ।

‘लोकतान्त्रिक र अस्वस्थ विधिबाट गठन भएको सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने प्रष्ट पार्दै पार्टीका प्रतिनिधिसभा सदस्यहरुलाई यस निर्णयको पालनाका लागि निर्देशन दिने निर्णय गरेको छ ।’ उनले भने ।

शुक्रवार ग्वार्को च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बसेको थियो । वरिष्ठ नेता नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु गएपनि केहिबेरमै बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?