तालिबानले राख्यो प्रस्ताव, ७ हजार लडाकूलाई छोडेमा तीन महिना शान्ति

लोकपथ
0
Shares

काठमाडौं । अफगानिस्तानको ८५ प्रतिशत भागमा कब्जा जमाइसकेको दाबी गर्ने तालिबानले अफगान सरकारसमक्ष शान्ति प्रस्ताव पठाएको छ ।आफ्ना सात हजार लडाकूहरूलाई अफगान सरकारले थुनामुक्त गरेमा तीन महिनासम्म शान्ति बहाल गरिने तालिबानको भनाइ छ ।

अमेरिकी सेना अफगानिस्तानबाट फर्केपछि तालिबानले आक्रमण चर्काएको छ ।विज्ञहरूले तालिबानको यस शान्ति प्रस्तावमा ठूलो रणनीति लुकेको बताएका छन् ।

देशका बाँकी भूभागमा कब्जा गर्नका लागि तालिबानले ती कैदीहरूलाई थुनामुक्त गर्ने माग राखेको विज्ञहरूको भनाइ छ ।तालिबानले आफ्ना नेताहरूको नाम संयुक्त राष्ट्रसंघको कालोसूचीबाट हटाउन समेत माग राखेको छ ।

अफगान अधिकारीहरूले यसको कस्तो जवाफ दिने हुन् भनी खुलेको छैन । पोहोर साल दोहामा शान्तिवार्ता शुरू गर्नका लागि तालिबानले आफ्ना पाँचहजार कैदीलाई छोड्ने शर्त राखेको थियो ।तर त्यसरी छोडिएका तालिबान लडाकूले अफगान सेनामाथि आक्रमण गर्ने गरेका छन् ।

  एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?