२२ श्रावण २०७८, शुक्रवार

फेसबुक म्यासेन्जरमा नयाँ फिचर ‘साउण्ड इमोजी’

२०७८,श्रावण,१,शुक्रवार १३:४६


काठमाडौं । फेसबुकले म्यासेन्जरमा साउण्डयुक्त इमोजीको नयाँ फिचर सुरुवात गरेको छ । ‘साउण्ड इमोजी’ को रुपमा कम्पनीले बिहीवार यो फिचर सार्वजनिक गरेको हो । फेसबुकका मालिक मार्क जुकरबर्गले आफ्नो फेसबुक वालमार्फत यसबारे जानकारी दिएका हुन् ।

यो सँगै प्रयोगकर्ताले फेसबुक म्यासेन्जरमार्फत आफ्ना साथीभाइलाई साउण्डयुक्त इमोजी पठाउन सक्नेछन् । यसको अर्थ यदि तपाईंले ताली बजाएको साउण्ड इमोजी पठाउनुभएको खण्डमा साथीले ताली पड्काएको आवाजसमेत भन्नेछ । यसअघिका साधारण इमोजीमा यस्तो सुविधा भने थिएन ।यो नयाँ आएको इमोजी फिचर हो ।

फेसबुकले म्यासेन्जरमा उपलब्ध गराएको साउण्ड इमोजी प्रयोग गर्नका लागि तपाईंले यसअघि जस्तै म्यासेन्जरको तल देखिने इमोजीमा क्लिक गर्नुपर्ने हुन्छ । त्यहाँ क्लिक गरेसँगै दायाँ साइडमा तपाईंले साउण्डको आइकन देख्नुहुनेछ । उक्त साउण्ड आइकनमा क्लिक गरेसँगै त्यहाँ तपाईंले विभिन्न इमोजीहरु देख्नुहुनेछ ।

हाल त्यहाँ ११ वटामात्रै साउण्ड इमोजी उपलब्ध भएको छ । विस्तारै कम्पनीले साउण्ड इमोजी पनि थप गर्दै जाने बताएको छ ।

 

प्रकाशित मिति: २०७८,श्रावण,१,शुक्रवार १३:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । के तपाई सेकेन्ड ह्यान्ड मोबाइल किन्ने सोचमा हुनुहुन्छ ? सेकेन्ड ह्यान्ड फोन किन्ने सोचमा हुनुहुन्छ भने केही कुराहरुमा

काठमाडौं । ह्वाट्सएपले नयाँ फिचर ल्याएको छ । ह्वाट्सएपले हालै मात्र एपमा ‘डिसएपिएरिङ इमेज’ उपलब्ध गराएको छ । यो फिचरमा

टिकटकको बढ्दो प्रभुत्वलाई चुनौती दिन युट्युबले ल्याएको सर्टस् फिचरले आफ्ना प्रयोगकर्तालाई मासिक १२ लाख रुपैयाँसम्म दिने घोषणा गरेको छ ।

काठमाडौं । मोबाइलमा होस् या ल्यापटपमा, कुनै वेबसाइट चलाउँदा वेबसाइटको नोटिफिकेसनहरु आउने गर्छन् । त्यस्तो कसरी हुन्छ भन्ने प्रश्न हरकोहीको

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८