२२ श्रावण २०७८, शुक्रवार

सर्भर ह्याक भएको छैन : नेपाल टेलिकम

२०७८,श्रावण,१,शुक्रवार १२:०८


काठमाडौं । नेपाल टेलिकमले आफ्नो सर्भरमा कुनै पनि ह्याक नभएको जनाएको छ । केही दिनयता ह्याकर समूहद्वारा टेलिकमको सर्भरमा आक्रमण गरिएको जस्ता खबर सार्वजनिक भएपछि कम्पनीले शङ्कास्पद डिभाइस बन्द गरेर छानबिन सम्पन्न गरेको थियो ।

टेलिकमले एक विज्ञप्ति जारी गर्दै छानबिनबाट ह्याक भएर कुनै पनि डाटा चोरी भएको नदेखिएको जनाएको हो । “कम्पनीका सम्बन्धित विज्ञबाट विस्तृत छानबिनपश्चात् कम्पनीको कुनै पनि डाटा चोरी नभएको र समाचारमा उल्लेख गरिएको दाबीमा कुनै पनि सत्यता नरहेको निष्कर्ष निकालिएको वास्तविकता ग्राहकवर्गमा जानकारी गराउन चाहन्छौँ”, टेलिकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न कम्पनीले सुरक्षात्मक संयन्त्र अपनाउँदै आइरहेको र आगामी दिनमा समेत ग्राहकका विवरण सुरक्षित राख्नका लागि कम्पनी प्रतिबद्ध रहेको टेलिकमले जनाएको छ ।

प्रकाशित मिति: २०७८,श्रावण,१,शुक्रवार १२:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । के तपाई सेकेन्ड ह्यान्ड मोबाइल किन्ने सोचमा हुनुहुन्छ ? सेकेन्ड ह्यान्ड फोन किन्ने सोचमा हुनुहुन्छ भने केही कुराहरुमा

काठमाडौं । ह्वाट्सएपले नयाँ फिचर ल्याएको छ । ह्वाट्सएपले हालै मात्र एपमा ‘डिसएपिएरिङ इमेज’ उपलब्ध गराएको छ । यो फिचरमा

टिकटकको बढ्दो प्रभुत्वलाई चुनौती दिन युट्युबले ल्याएको सर्टस् फिचरले आफ्ना प्रयोगकर्तालाई मासिक १२ लाख रुपैयाँसम्म दिने घोषणा गरेको छ ।

काठमाडौं । मोबाइलमा होस् या ल्यापटपमा, कुनै वेबसाइट चलाउँदा वेबसाइटको नोटिफिकेसनहरु आउने गर्छन् । त्यस्तो कसरी हुन्छ भन्ने प्रश्न हरकोहीको

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८
यसरी जिरा खाँदा शरीरको बोसो चाडै घट्छ
 २०७८,श्रावण,२२,शुक्रवार ०६:०८