काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सरेका छन् ।
शुक्रवार बिहान प्रधानमन्त्री देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेको देउवाका स्वकीय सचिव भानु देउवाले लोकपथलाई जानकारी दिए ।
गत सोमवार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही अनुसार मंगलवार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा आज सरकारी निवास सरेका हुन् । प्रधानमन्त्री नियुक्त भएपनि देउवा दुई दिन आफ्नो निजी निवास बूढानिलकण्ठमै बसेका थिए ।
ज्योतिषको भनाइ अनुसार देउवा आज बिहान बालुवाटार सरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया