राष्ट्रपतिद्वारा ओलम्पिक टोलीलाई विदाई

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरुलाई विदाई गरेकी छिन्।

बिहीवार राष्ट्रपति कार्यालयले औपचारिक विज्ञप्ति निकाल्दै शीतल निवासमा राष्ट्रपति भण्डारीले टोकियो ओलम्पिक २०२० मा सहभागिता जनाउने टोलीलाई नै शुभकामना व्यक्त गर्दै बिदाई गरेको जानकारी गराएको हो। खेलकुदको महाकुम्भ भनेर चिनिने ओलम्पिक खेलमा नेपालले सबै भन्दा पहिले सन् १९६४ मा सहभागिता जनाएको थियो। नेपालले ओलम्पिकमा सहभागिता जनाएको यो १४औं संस्करण हुनेछ।

टोकियो ओलम्पिक २०२० मा नेपालबाट पौडीमा गौरीका सिंह र एलेक्जेन्डर (एलेक्स) शाह, शुटिङमा कल्पना परियार, जुडोमा सोनिया भट्ट तथा एथलेटिक्समा सरस्वती चौधरीले सहभागिता जनाउने छन्। गौरीका र एलेक्स दुवैले क्रमशः महिला १०० मीटर फ्रि-स्टाइल र पुरुष १०० मीटर फ्रि-स्टाइलमा भाग लिनेछन्। त्यस्तै कल्पनाले महिला १० मीटर एयर राइफल, सोनियाले महिला ४८ केजी तौल समूह र सरस्वतीले महिला १०० मीटर दौडमा प्रतिस्पर्धा गर्नेछन्। यी चार खेलको प्रशिक्षण टोली यस्तो रहेको छ।

पौडी: शंकर कार्की
शुटिङ: असीम यादव
जुडो: सूर्यनारायण श्रेष्ठ
एथलेटिक्स: इन्द्राकुमारी मल्ल

ओलम्पिकमा नेपालबाट सहभागी हुने पदाधिकारी

जीवनराम श्रेष्ठ: अध्यक्ष, एनओसी

निलेन्द्रराज श्रेष्ठ: महासचिव, एनओसी

चतुरानन्द राजवैध: उपाध्यक्ष तथा कार्यकरी निर्देशक, एनओसी

तेजबहादुर गुरूङ: उपाध्यक्ष, एनओसी

सुनिलकुमार श्रेष्ठ: उपाध्यक्ष, एनओसी

पिताम्बर तिम्सिना: सहमहासचिव, एनओसी

कुमारी तुलसी थापा: सचिव, एनओसी

प्रकाश शमशेर राणा: सदस्य, एनओसी

राम अवाले: सदस्य, एनओसी

केदार न्यौपाने: सचिव, युवा तथा खेलकुद मन्त्रालय

शिव कोइराला: उपाध्यक्ष, राखेप

रमेशकुमार सिलवाल: सदस्यसचिव, राखेप

सुभाष श्रेष्ठ: सदस्य, राखेप

सम्पन्न श्रेष्ठ: सदस्य, राखेप

नविशमान सिंह प्रधान: मेडिकल पर्सन

प्रेम बराल: टोकियो नेपाली दुतावास

रुपेश डंगोल: टोकियो स्थित नेपाली स्वंयसेवक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?