सिलवालको नेतृत्वमा सोनिया र कल्पना आज जापान प्रस्थान गर्दै

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश कुमार सिलवालको नेतृत्वमा सोनिया भट्ट र कल्पना परियार सहित १० सदस्सीय टोली आज शुक्रवार जापान प्रस्थान गर्दैछन्।

टोकियो ओलम्पिकमा सहभागिता जनाउन सिलवालको नेतृत्वमा रहेको टोली आज जापानतर्फ प्रतशान गर्ने जानकारी नेपाल ओलम्पिक कमिटी (एनओसी)ले दिएको छ। आज जापान जाने टोलीमा दुई खेलाडी तथा दुई प्रशिक्षक पनि समावेश छन्।

टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने जुडो खेलाडी सोनिया भट्ट तथा शुटिङकी कल्पना परियार आज जापान प्रस्थान गर्न लागेका हुन्। त्यस्तै जुडोका प्रशिक्षक सूर्यनारायण श्रेष्ठ र शुटिङका प्रशिक्षक असिम यादव पनि आजै जापान प्रस्थान गर्दैछन्।

आगामी जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुने टोकियो ओलम्पिकका लागि ‘एनओसी’ अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको टोली भने सोमवार जापान जाने कार्यक्रम रहेको छ। उनको टोलीमा एथलेटिक्स खेलाडी सरस्वती चौधरी र उनकी प्रशिक्षक इन्दिरा मल्लसहित आठ सदस्सीय टोली रहेका छन्।

सिलवालको नेतृत्वमा आज जापान जाने पदाधिकारी

चतुरानन्द राजवैध: उपाध्यक्ष तथा कार्यकरी निर्देशक, एनओसी
सुनिलकुमार श्रेष्ठ: उपाध्यक्ष, एनओसी
कुमारी तुलसी थापा: सचिव, एनओसी
प्रकाश शमशेर राणा: सदस्य, एनओसी
नविशमान सिंह प्रधान: मेडिकल पर्सन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?