राष्ट्रपतिसँगै उपराष्ट्रपतिलाई बसाइएपछि..

काठमाडौं, १६ चैत – संसदीय अभ्यास र परम्पराविपरीत उपराष्ट्रपतिलाई राष्ट्रपतिसँगै बिहीबार संसदमा आसन गराइएपछि विवाद सुरु भएको छ ।विगतमा राष्ट्रपतिले संसदलाई सम्बोधन गर्दा उपराष्ट्रपतिलाई संसदको बाल्कोनीमा विशिष्ट कुर्सीमा आसन गराइन्थ्यो ।बिहीबार संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई भने राष्ट्रपति विद्यादेवी भण्डारीसँगै कुर्सी राखेर आसन ग्रहण गराइएको थियो ।संसदीय अभ्यास र परम्पराविपरीत उपराष्ट्रपतिलाई आसन गराइएको भन्दै संसदका जानकारहरुले आश्चर्य व्यक्त गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?