चन्द्रागिरीमा बुद्धिजीवी संगठन गठन

काठमाडौँ, २२ असोज ।चन्द्रागिरी नगरपालिकामा नेपाल बुद्धिजीवी संगठनको शाखा गठन भएको छ ।सो नगरपालिका– १२ मा आयोजित भेलामा दिवाकर आचार्यको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरिएको हो । उक्त संगठनको उपाध्यक्षमा मोहन पोखरेल, सचिवमा बुद्ध श्रेष्ठ र कोषाध्यक्षमा शान्ति श्रेष्ठ छन ।कार्यक्रममा एमालेका केन्द्रीय सदस्य डा विजय पौडेलले मुलुकमा सामाजिक रुपान्तरणका लागि बुद्धिजीवीले प्रभावकारी भूमिका खेल्न सक्नुपर्ने बताए ।नगरपालिकाका उपप्रमुख लीसा नकर्मी, एमाले प्रदेश नं ३ का सदस्य शरण थापा, राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका प्रदेश नं– ३ का सचिवालय सदस्य वसन्तकुमार खत्री, पेशागत महासंघका उपाध्यक्ष कृष्णमान श्रेष्ठ, एमालेका वडा नं– १२ का अध्यक्ष लक्ष्मण तण्डुकारलगायतले भेलामा शुभकामना दिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?