१. साउन ३ गतेका लागि संघीय संसद्को अधिवेशन बोलाउने सरकारको निर्णय, सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको म्याद १ वर्ष थप ।
२. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाए,
बैठक शुक्रबार ३ बजे बस्ने ।
३. काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याइयो,उपत्यका बाहिरबाट आउने सार्वजनिक सवारी साधनलाई प्रवेश खुकुलो बनाउने प्रशासनको निर्णय ।
४.नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दद्वारा प्रमुख राजनीतिक दलका नेतासँग भेटवार्ता, एमाले वरिष्ठ नेता नेपाल र माओवादी अध्यक्ष प्रचण्डसँग देशको समसामयिक राजनीतिक विषयमा गरे छलफल ।
५. नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा क्रियाशील सदस्यता वितरण जटिल बन्दै,सदस्यता वितरणमा धाँधली भएको भन्दै जिल्लाका कार्यकर्ताले केन्द्रमा दिए धर्ना ।
६. बिहिबार नेपालमा कोरोनाका २६ सय ७६ जना नयाँ संक्रमित थपिए,पछिल्लो २४ घण्टामा १७ सय ५७ जना संक्रमणमुक्त, ३३ जनाको मृत्यु ।
७. सार्वजनिक यातायातको भाडा वृद्धिविरुद्ध आन्दोलनमा उत्रिने सत्तारुढ दल समर्थक विद्यार्थी संगठनको घोषणा, भाडा वृद्धिको निर्णय तत्काल खारेज गर्न माग ।
८. ट्राफिक प्रहरीको कारबाहीमा परे एसएमएसबाटै कागजपत्रबारे जानकारी लिन सकिने, ३४००१ मा म्यासेज पठाएर तुरुन्तै अपडेट लिन सेवाग्राहीलाई अनुरोध
९. बिहिवार नेपाली सेयरबजारमा सुधार, सेयरबजार परिसूचक मापक नेप्से ११ अंकले बढ्यो, ८ अर्व १४ करोडको सेयर कारोबार ।
१०. चालू आर्थिक वर्षको पहिलो ११ महिनामा सरकारी चालू खाता दुई खर्ब ९३ अर्ब ९७ करोड रुपैयाँले घाटामा, घ्यू र खानेतेलमा ३१ प्रतिशतसम्म मूल्यवृद्धि
११. एमाले वरिष्ठ नेता नेपाल निकट विद्यार्थी संगठनद्वारा अखिल फोर्स गठन, अध्यक्ष ओली समर्थित युथ फोर्स गठन पछि त्यसको काउन्टरमा अखिल फोर्स जन्माइयो ।
१२. म्यासेन्जरको च्याटमा गोपनियताको जोखिम, दुई जनाबीचको कुराकानी तेस्रो व्यक्तिले हेर्न सक्ने भन्दै साईबर सुरक्षा विज्ञले दिए चेतावनी ।
१३. दक्षिण कोरियामा कोरोनाको चौथो लहरको मार, अघिल्ला तीन हप्ताको तुलनामा ५५ प्रतिशत बढी संक्रमित फेला परे ।
१४. पाकिस्तानको खैबर पख्तनुख्वा प्रान्तमा बस दुर्घटना हुँदा ९ जना चिनियाँ नागरिक सहित १३ जनाको मृत्यु, २७ जना घाइते,बम बिष्फोटनका कारण दुर्घटना भएको आशंका ।
१५. र, नेपाली क्रिकेटका लेग स्पिनर सन्दिप लागिछानेले खेल्ने सीपिएल क्रिकेटको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा गुएना अमेजन वारिवर्स र ट्रीनबागो नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया