साउन ३ गते प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्ने (पत्रसहित)

लोकपथ
91
Shares

काठमाडौं । आगामी साउन ३ गते आइतवार संघीय संसदको दुवै सदनको बैठक बस्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गतेका लागि प्रतिनिधि र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी हुन् ।

जसअनुसार आइतवार अपरान्ह ४ बजे नयाँ बानेश्वरस्थीत अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?