नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताएका छन् । राजनीतिक विचारधाराबाट परिचालित नभई काम, कर्तव्य, भूमिका र योगदानको आधारमा सुरक्षा निकायलाई प्रोत्साहित तथा उत्साहित गरि मनोबल बढाउने भूमिकामा आफु रहने उनको भनाई छ । गृहमन्त्री खाँडसँग गरिएको कुराकानीको सम्पादित अंश :
चुनौतिपुर्ण अवस्थामा गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । चुनौती के देख्नुभएको छ ?
म एउटा नेपाली कांग्रेसको सिपाई हुँ । मुलुकको एउटा जिम्मेवार नागरिक पनि हुँ । त्यसकारण मैले गृह मन्त्रालयलाई एउटा नागरिकको आँखाबाट हेर्छु । जनप्रतिनिधिको रुपमा जनप्रतिनिधिले निर्वाह गर्नुपर्ने भुमिकाका बारेमा मैले मेहनत गर्छु । जनतालाई सरकार छ, सरकार मेरो साथमा छ , दुःख सुखमा साथ दिन्छ भन्ने अनुभूति दिनुपर्छ भन्ने मेरो मान्यता र सोच हो । त्यसको लागि नै म कार्यरत रहन्छु ।
राजनीतिक हस्तक्षेपका कारण सुरक्षाकर्मीको मनोबल कमजोर भएको छ । तपाईको भूमिका राजनीतिक हस्तक्षेप बढाउनमा केन्द्रीत हुन्छ वा मनोबल बढाउनमा केन्द्रीत हुन्छ ?
सबैले मुलुकका निर्माणका लागि महत्वपूर्ण योगदान पु¥याइरहनु भएको छ । तर हाम्रो मन्त्रालय मातहत भएका सम्पूर्ण सुरक्षाकर्मी र राष्ट्रसेवकहरुले आवश्यक परेमा चौविसै घण्टा खट्नुपर्छ । ज्यानको जोखिम राखेर गर्नुपर्छ । यस्तो बेलामा हामीले उहाँहरुलाई प्रोत्साहित गर्ने, उत्साहित गर्ने र उहाँहरुको मनोबल बढाउने नै हो ।
हिजो तपाईँ विपक्षी दलको प्रमुख सचेतक हुनुहुन्थ्यो । प्रश्न गर्ने ठाउँमा हुनुहुन्थ्यो । कयौँ घटनामा तपाईले आफैले प्रश्न गर्नुभएको छ । आज तपाई जवाफ दिने ठाउँमा र जिम्मेवारी लिने ठाउँमा आउनुभएको छ । यी दुई भूमिकाको सन्तुलन कसरी मिलाउनुहुन्छ ?
विगतमा हामीले जुन ढंगले प्रश्न उठाएका छौँ ति प्रश्नहरुको जवाफ कतिपय सवालमा आफैँ दिने ठाउँमा पनि पुगिन्छ । त्यसकारणले खास गरेर हाम्रो यो बहुदलीय शासन व्यवस्था त्यो पनि बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रमा सरकार कहिले प्रतिपक्षमा पुग्छ कहिले प्रतिपक्ष सरकारमा पुग्छ । त्यसैले यसलाई सहजै रुपमा लिनुपर्ने हुन्छ । र विगतको कतिपय सन्दर्भहरुलाई हामीले अध्ययन पनि गर्नुपर्दछ । र त्यो अध्ययनबाट हामीले पाठ लिएर आउने दिनमा अझै राम्रो पनि गर्न सक्नुपर्दछ ।
तपाईका प्राथमिकता के–के हुन् ?
पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा हो । किनकी यो राज्यप्रणालीको दुनियाँमा प्रार्दुभाव किन भयो, सरकार किन बन्यो, समुदायमा हामी किन बस्यौँ भन्दा हाम्रो जीवन रक्षाको लागि हो । मान्छेले आफ्नो जीवनरक्षाको लागि मान्छे मान्छेसँग मिलेर समुदाय बनायो राज्य प्रणालीमा सुरुवात ग¥यो । जुनसुकै सरकारले पनि मेरो शासन व्यवस्था भित्रको नागरिकको जीवन रक्षा मेरो पहिलो दायित्व हो, कुनैपनि नागरिकले अकालमा मृत्युवरण गर्नु हुँदैन भन्ने नै हाम्रो मुल प्राथमिकता हो ।
सशस्त्र प्रहरीको बिओपी स्थापनाको कार्य आक्रमक ढंगले अघि बढीरहेको छ । यसमा तपाईको प्राथमिकता के रहन्छ ? प्रहरीको समायोजन, सरुवा बढुवाको बारेमा के छ ?
बिओपीको बारेमा, नेपालको भुमिको रक्षा गर्ने काम हाम्रो हो । सरकारको हो । नागरिकको सुरक्षा गर्ने दायित्व पनि हाम्रो हो । बिओपीले राष्ट्रिय भूमिको रक्षा र नागरिकको रक्षामा मद्दत पु-याउँछ भन्ने नै हामी सबैको विश्वास हो र त्यसले निरन्तरता पाउँछ । जहाँसम्म सरुवा, बढुवाको कुरा गर्नुभयो । त्यसमा कार्यक्षमताकै आधारमा गर्नुपर्दछ । यो सन्तुलन मिलाएरै गर्नुपर्ने हुन्छ ।
बाहिर जनमानसमा के छ भन्दाखेरी बढुवामा व्याचका व्याच जम्प गराउनु राम्रो होईन् भन्ने छ । एकदमै विशेष दख्खल हासिल गरेको, कुनै विज्ञता हासिल गरेको, कुनै त्यस्ता ठुला घटनाहरुलाई बढो गम्भीरताका साथ अनुसन्धान गरेर ठुलो स्याबासी लायक काम गरेकाहरुलाई काम गर्नेले सम्मान पाउँछ, काम गर्नेले स्थान पाउँछ भनेर इम्प्रेसन दिन गर्ने कुरा अलग हो । नभएदेखि व्याचका व्याच मिचेर गर्नु राम्रो होईन भन्ने आम जनताको भनाई छ । त्यसप्रति म गम्भीर छु ।
कोभिड महामारीमा अग्रभागमा खटिएका सुरक्षा निकायलाई दिने भनेको भत्ता अहिले सम्म पनि नपाएको अवस्था छ । यसबारेमा के गर्नुहुन्छ ?
कोभिड महामारीमा सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरु खटिनुपरेको छ । जनताको सुरक्षाका लागि पनि सरकारको प्रतिवद्धता छ । सबैलाई भ्याक्सिन छिटोभन्दा छिटो लगाउने । सबैको उपचार गर्ने । सबै संक्रमितहरुको जीवन बचाउँ त्यसका लागि सरकार दत्तचित्त छ । त्यसको साथसाथै गृह मन्त्रालय र हाम्रो सुरक्षा निकायहरुले फ्रन्टलाइनमा बस्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायका सुरक्षाकर्मीहरुको पनि उनीहरुको पनि जीवन रक्षाको दायित्व सरकारको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया