काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ६७ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ८२ जनाको पीसीआर र ८ सय ९४ जनाको एन्टीजेन पोजेटिभ आएको हो ।
त्यस्तै हालसम्म देशभर ६ लाख ६२ हजार ५ सय ७० को पीसीआर पोजेटिभ र ४६ हजार ८ सय ६७ जनामा एन्टीजेन पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ३३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा ६ लाख २६ हजार ४ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप १ हजार ७ सय ५७ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ३ सय ३९, भक्तपुरमा ८० र ललितपुरमा १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया