काठमाडौं । बिहीवार (आज) सत्तारुढ गठबन्धनसहितका दलहरुको बैठक बसिरहेको छ ।
सिंहदरबारमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा समेतको उपस्थिती रहेको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी सांसद दुर्गा पौडेल लगायत अन्य नेताहरुको समेत उपस्थिती रहेको छ ।
बैठकमा सरकार गठन साथै आगामी दिनमा गठबन्धनको रणनीति कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ । देउवा प्रधानमन्त्री भइसकेपछिको यो पहिलो बैठक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया